नेपालगन्ज: बाँसगढी सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत १० हजार घुस रकम सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँसगढी सव डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिल कुमार गुप्तालाई घुस रकम सहित रंगेहात पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्र्पक कार्यालय नेपालगन्जले शुक्रबार उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेवापत सेवाग्राहीबाट १० हजार घुस लिदैं गर्दा उनलाइ नियन्त्रणमा लिइएको हो ।
नेपालगन्ज स्थित आयोगको सम्पर्क कार्यालयबाट गएको टोलीले सेवाग्राहीबाट घुस लिईसकेको अवस्थामा गुप्तालाई पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी लोकमणी पाण्डेद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।
बाँसगढी नगरपालिका वडा नम्बर ७ देउडाकलाबाट रंगेहात पक्राउ परेका गुप्तालाई थप कारवाहीका लागि नेपालगन्ज ल्याईएकोछ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी