नेपालगन्ज १७ साउन : राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अबदेखि आफ्नो संस्कृति र जातीय पहिचान झल्कने पहिरन लगाउन पाइने भएको छ ।
राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको स्पष्ट पारेको हो ।
यसअघि सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि पञ्जीकरण विभागले यसअघि बन्देज हटाएको हो ।
विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई ४ बुँदे निर्देशनसमेत जारी गरेको छ ।

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति