नेपालगन्ज: सिटिजन्स बैंक नेपालगन्जका प्रमुख विवेक श्वाँरको मृत्यु भएकोछ । हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा मृत्यु भएको हो ।
मुटु रोग सम्बन्धि पीडित रहेका स्वाँरलाई हृदयघात भएपछि उपचारका लागि उनका भाइहरुले भेरी अस्पताल ल्याएको थिए । अस्पतालमा ल्याइएका स्वाँरको उपचारका क्रममा आईतबार राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
प्रहरीका अनुसार मृतक स्वाँर मुटु रोग सम्बन्धि पीडित थिए ।
सिटिजन्स बैंकमा दिनभर ब्यस्त रहेका स्वाँर आईतबार अबेर बेलुका ६ बजे कार्यालयबाट घर गएको प्रहरीले जनाएकोछ । घर गएका स्वाँर एक्कासी हृदयघात भएर अस्पताल भर्ना भएका थिए ।
सिटिजन्स बैकमा नक्कली सुन धितो राखेर बैंकलाई करोडौं ठगी गरेको अभियोगमा उनी पनि दोषि देखिएपछि मानसिक तनावमा रहेका स्वाँरको हृदयघातबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएकोछ ।
स्वाँर बैंकिङ्ग कसुर अन्र्तगत मुद्दा भोगिरहेका थिए । साउन ८ गते २५ लाख धरौटीमा छुटेका स्वाँर ठिक एकमहिनापछि भाद्र ८ गतेका दिन उनको मृत्यु भएकोछ ।
उपचारका क्रममा मृत्यु भएका स्वाँरको शवलाई आईतबार नै उनको परिवारले बुझेर घर लगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी