नेपालगन्ज : बाँकेमा सरकारी ताथ गैरसरकारी आधा दर्जन संघ संस्थाले लागु पदार्थ प्रयोग विरुद्ध परामर्श, दुव्र्यसनीको पहिचान, उद्धार एवं पुनस्थापना लगायतका कार्यक्रम गर्दै आएका छन् ।
यसका यी निकायले लाखौंको लगानी गरेका छन् । तर, लागु औषध कारोवार र प्रयोगकर्ताको संख्यामा कमी भने आएको छैन् । यी निकायको लगानी वालुवामा पानी झै भएको छ । लागू औषध भुसमा आगो सल्किए झै फैलाउँदै गएको छ ।
केही वर्ष अघिसम्म सीमित परिवेशमा हुने लागु पदार्थको प्रयोग, ओसार पसार र नकरात्मक गतिविधि एवं असर पछिल्लो समय बाँकेमा भुसको आगो झैं फैलिदै गइरहेको छ । नेपालगन्ज क्षेत्रका दुव्र्यसनीको बजार रुपैडिया, बाबागन्ज, नानपारा लगायत भारतीय शहर हुन् ।
नेपालगन्जबाट सीमापारी गएर ड्रग्स सेवन गर्नेको संख्या दिनप्रतिदिन बढ्दो छ । बिशेषगरी उच्च वर्गीय परिवारका छोरा छोरी लागुऔषध दुव्र्यसनको लतमा फसेका छन् ।
नेपालगन्जका प्लस टु पढ्ने कयौं युवायुवती लागुऔषधको दुव्र्यसनमा फस्दै गएको प्रहरी बताउँछ । बाँकेमा पछिल्लो समयमा महिला दुव्र्यसनी बढदै गएका छन् । जिल्लामा पाँच सय बढी महिला (विशेषतःकिशोरी) दुव्र्यसनी रहेको एक संस्थाको तथ्याकले देखाएको छ ।
प्रहरीकाअनुसार लागु पदार्थमा फसेका व्यक्तिबाट अपराध हुन सक्ने सम्भावना पनि अत्यधिक रहेको छ । लागु्पर्दाथ प्रयोगले परिवारको खु्सी समेत खोसेका छन् बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर अोली भन्छन्: प्रयोगकर्ता स्वयं बदनाम हु्नु्का साथै नारकीय जीवन जीउन बाध्य हु्नु् परिरहेको छ ।’
रेकर्डअनुसार नेपालगन्जमा मात्र लगभग सात हजार लागुपदार्थ दुव्र्यसनी छन् । ती मध्ये ८० प्रतिशत ७ कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोर किशोरी छन् । बाँके प्रहरीले हालसालै २५ वटा लागू औषधका मुद्दा दायर गरेको एसपी ओली बताउँछन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता मुद्धा मध्ये ६० प्रतिशत बढी लागु पदार्थ सम्वन्धी छन् ।
प्रहरीको लागु औषध व्यूरोकै अनुसार लागुऔषध कारोवारका लागि नेपालगन्ज ट्रान्जिट बनिरहेको छ । प्रतिमहीना औसत ३० जनाका दरले लागुऔषध ओसारपसार तथा दुव्र्यसनीमा संलग्न व्यक्ति पक्राउ पर्ने गरेको प्रहरी बताउँछ ।
एउटा दुव्र्यसनकर्तालाई उसको सामान्य डोजका लागि मासिक १५ हजार रुपैयाँ खर्च गर्नुपर्ने लागुऔषध विरुद्धका अभियन्ता अभिराज क्षेत्री बताउँछन् । उनकानअुसार यो आकँडालाई हेर्दा बाँकेमा वार्षिक ३० देखि ४० करोडसम्मको लागु औषधको कारोवार हुने गरेको देखिन्छ ।
बाँके प्रहरीले ०७४/०७५ मा लागु औषध प्रयोग र कारोवारमा सामेल एक सय ८९ जना पक्राउ गरेको थियो । एक सय ३७ वटा मुद्दा दर्ता भएको प्रहरीको रेकर्डले देखाउँछ । तर, कानूनी कारवाही के भयो भन्ने बारे बाँके प्रहरी नै अनविज्ञ छ । ०७५/७६ मा दुई सय ७३ जनालाई पक्राउ परेका थिए । दुई सय ४९ जना विरुद्ध अदालतमा मुद्दा चलाएको छ । यो तथ्यले लागु पदार्थको कारोवार र दुव्र्यसनको विकराल रुप देखाउँछ । लागु पदार्थका दृष्टिकोणले बाँके जिल्ला सम्वेदनशिल र खतरापूर्ण रहेको एसपी ओली नै स्वीर्काछन् ।
यस क्षेत्रमा ब्राउनसुगर, चरेश, अफिम, नाइट्रोजन, कोरेक्स प्रयोग भइरहेको छ । डायजीपाम, एलपराजोलम, फेन्सिडील जस्ता औषधी पनि नशाको रुपमा दुरुपयोग भइरहेका छन् ।
यसको प्रयोगकर्ताका रुपमा विद्यार्थी, महिला किशोरीदेखि डाक्टर र प्रहरी समेत रहने गरेका छन् । अवैध लागु पदार्थको भण्डारण, विक्रि वितरण, ओसार पसार तथा प्रयोग सम्वन्धी बढ्दो चलखेल नियन्त्रण सुरक्षा निकायका लागि पनि चुनौती बन्दै गइरहेकोछ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी