नेपालगन्ज ५ भदौ : पछिल्लो समय देशमा मनसुन पुनः सक्रिय भएकोछ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट केही उत्तर दिशा तर्फ सरेको छ । यसको प्रभावले नेपालमा अन्य दिनको तुलनामा मनसुन सक्रिय भएको हो ।
मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा बढी पानी पर्दछ ।
मंगलबार रातिदेखि नै पूर्वदेखि पश्चिमसम्म पानी परिरहेको छ । आज (बुधबार) बिहान यो समाचार तयार पार्दासम्मको अवस्था हेर्दा सबैभन्दा धेरै वर्षा मधेश प्रदेशको पर्सा जिल्लामा भएको छ । पर्साको टाँडीमा विगत ६ घण्टाको अवधिमा १४५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
यसैगरी बाराको सिमरा एयरपोर्टमा १२९.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान पाँच बजे एक सूचना जारी गर्दै पर्साको रङ्गापुर टाँडी बजार, बाराको सिमरा, पर्वानीपुर, कलैया, अमलेखगञ्ज र आसपास भारी वर्षा भएको जनाएको छ ।
वर्षा थप हुन सक्ने भएकाले सो क्षेत्र भई बहने दुधौरा, पसाहा लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने सम्भावना छ । त्यसैले ती क्षेत्रका तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा आज सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
६ घण्टाको अवधिमा कैलालीको धनगढी एयरपोर्टमा पनि राम्रै वर्षा भएको देखिन्छ । त्यहाँ ९७.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । तीन घण्टादेखि कञ्चनपुरको दोधारा केन्द्रमा पनि भारी वर्षा भएको देखिन्छ । दोधारा मौसम केन्द्रमा तीन घण्टाको अवधिमा ४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
नुवाकोटको ककनी, कैलालीको टीकापुर लगायत स्थानमा पनि भारी वर्षा रेकर्ड भएको छ । मंगलबार राति कैलालीको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको थियो ।
यसैबीच, आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनएको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ । बुधबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरुमा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्