सुर्खेत : रत्न राजमार्गअन्तर्गत सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २७ यात्रु घाइते भएका छन् ।
जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान करिब ३ बजे भेरीगंगा नगरपालिका-५, स्थित हर्रेमोडमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् । उनीहरुको सनाखत भएको छैन ।
घाइतेहरुको भेरीगंगा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण हुनेसक्ने प्रारम्भिक अनुमान गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । थप विवरण आउन बाँकी...
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी