आरजेएन चालिसेको फेसबुकबाट
नेपालगन्ज: सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिएका छन् । बिहीबार राती ट्रकमा राखेर ती गाई ल्याइएका हुन् । ।
बाँकेको नेपालगन्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृत गाई भेटिएको ठाउँमा १ सय ५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने खुलेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
गाईको संख्या र कसले कहाँ लैजान लागेको हो भन्ने समेत खुलेको छैन । यद्यपी धेरै सङ्ख्यामा गाईहरु घाईते भएको बुझिएकोछ । त्यसरी फालिएका मृत गाईहरुमा ट्याग समेत लगाइएको पाइएकोछ ।
मोटे ग्याङ्ग नेपाल नामक सामाजिक सञ्जाल फेसबुकको ग्रुपमा आरजेएन चालिसेले ती तस्विर पोस्ट गरेका थिए । उनले पोष्ट गरेको तस्विरले यतिवेला चर्चा बटुलेकोछ ।
त्यसरी वेवारिसे अवस्थामा गाई कसले किन फालेको हो ? हत्या गरिएको हो या अरु नै केही हो ? भन्ने जिज्ञास सहित उक्त कार्यमा संलग्नलाई पहिचान गरि कारबाहीको समेत माग गरिएकोछ ।
यता नेपालगन्ज ग्यालरीमा पनि सोही पोष्टलाई सेयर गरिएको छ । सुर्खेत जिल्ला प्रहरीले नेपालगन्जबाट दैलेख लगिदै गरेका ती ठूलो मात्राका गाई कसले किन लगेको हो र को हो भन्ने पत्ता लगाउन सकेकोछैन ।