नेपालगन्ज ६ असोज : नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो ।
अत्तरखेल, काठमाडौंमा अवस्थित कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजीका विषयहरुमा एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरेको छ ।
यस्तै कलेजले दन्त विभाग, नर्सिङ विभाग, बायोकेमेष्ट्रीमा समेत स्वास्थ्यकर्मी माग गरेको छ । कलेजको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विशेषज्ञ जनशक्ति माग गरिएको हो ।
यसैगरी, लेखा नियन्त्रक, क्लिनिकल फर्मासिष्ट, बायोमेडिकल इन्जिनियर, मेडिकल रेकर्ड अफिसर, इलेक्ट्रिकल अफिसर, डेन्टल सर्जन समेत माग गरेको छ ।
ईच्छुक उम्मेदवारले इमेल मार्फत आफ्नो व्यक्तिगत बायोडाटा पठाएर अन्तरवार्तामा सहभागी हुन पाउने छन् । असोज १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने भनिएको छ ।
हेर्नुहोस् सूचना
-1727005995.jpg)
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्