नेपालगन्ज १२ असोज : निरन्तर वर्षाका कारण देशभर बाढीपहिरो र डुवानले वितण्डा मञ्चाइरहेका बेला गृह मन्त्रालयले उद्धार तथा सहायता प्रभावकारी बनाउन केन्द्रिय सुरक्षा समितिको बैठक बोलाएको छ ।
गृहमन्त्री रमेश लेखकले बाढी पहिरोसहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
बैठक आज बिहान साढे १० बजे सिंहदरवारस्थित गृहमन्त्रालयमा बसिरहेकोछ ।
उनले देशका विभिन्न स्थानमा भइरहेको वर्षा, बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनुका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको भन्दै सतर्क रहन आग्रह गरेका छन् । मन्त्री लेखकले सुरक्षित स्थानमा बसी उच्च सतर्कता अपनाउन भनेका छन् ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्