नेपालगन्ज १२ असोज : बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले विपत्ति निम्त्याएको छ ।
अविरल वर्षासँगैको बाढी–पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । यस्तै ११ जना बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बिहीबार दिउँसो ४ बजेदेखि शनिबार १२ बजेसम्मको अवधिमा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार धनकुटामा २ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । यसैगरी काठमाडौँमा १ जनाको मृत्यु हुँदा ४ जना बेत्तिा भएका छन् ।
यसैगरी पाँचथरमा पनि २ जनाको मृत्यु भएको छ । यसैगरी ललितपुरमा १ जना, काभ्रेमा ३ जना, धादिङमा १ जनाको मृत्यु भएको छ ।
यसैगरी धादिङ र भक्तपुरमा क्रमशः १ जना र ४ जना बेपत्ता भएका छन् ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्