तस्विरः नेपाल प्रहरी
नेपालगन्ज १२ असोज : बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले विपत्ति निम्त्याएको छ ।
दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर हालसम्म ४९ जनाको मृत्यु भएको छ । उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्र ३२ जनाले ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार, विपद्का घटनामा परेर हालसम्म ३४ घाइते र ४० जना सम्पर्कविहीन भएका छन् । उनले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिए ।
प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । हालसम्म एक हजारभन्दा बढी मानिसको उद्धार गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र विपद्का घटनाबाट १७ घाइते र १२ जना बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बलले आपत्कालीन उद्धारका निम्ति हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्