नेपालगन्ज १३ असोज : पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ ।
मृत्यु हुनेमा कर्णेल मिलन केसी रहेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीका अनुसार उनी सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत थिए । साथीहरुसँग उनी घुम्न सिन्धुलाल्चोक पुगेका थिए ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ बिमरेनी जंगल नजिकको सिन्धु बिच रिसोर्टमा बसेका थिए । पहिरो आएर साथीहरू पुरिएपछि उद्धार गर्न भनेर गएका उनी पनि पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।
कर्णेल केसीको घर दोलखा । उनी आफ्ना कोरियन साथीसँग घुम्न गएका थिए । कोरियन नागरिकको अवस्था भने अहिलेसम्म पत्ता नलागेको एसपी खड्काले बताए ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन