बाढी–पहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या १९३ पुग्यो, ३१ जना बेपत्ता


सेतोखरी सेतोखरी   सोमबार, असोज १४, २०८१
बाढी–पहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या १९३ पुग्यो, ३१ जना बेपत्ता

नेपालगन्ज १४ असोज : अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी गत असोज ११ देखि हालसम्म मृत्यु हुनेको सङ्ख्या १ सय ९३ पुगेको छ । नेपाल प्रहरीका अनुसार अझै ३१ जना बेपत्ता रहेका छन् ।
घाइतेको सङ्ख्या ९६ रहेको छ भने ३ हजार ७०५ जनाभन्दा बढीको उद्धार गरिएको छ । 

प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको छ । 

लामो यात्रामा निस्कनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ। ३१ जना अझैँ बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने आँकलन गरिएकोछ ।