नेपालगन्ज १६ असोज : बाँके प्रहरीले ९९ सय ग्राम लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० राँझाबाट लागु औषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
लागुऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर, कञ्चनपुर, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले ९९ सय ग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नेपालगन्ज राँझा स्थित लालचन्द्र कामीको डेराकोठामा खानतलासी गर्नेक्रममा भारत रुपैडिहा बस्ने राहुल शुक्ला र कामीलाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
कामीको डेराकोठामा रहेका शुक्लाले लगाएको पाइन्टको दायाँ खल्तीमा प्लाष्टिकको दुई पोका पारी राखेको अवस्थामा ब्राउन सुगर र एक थान डिजिटल तराजुसहित प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक कानूनी कारबाही अघि बढाइएकोछ ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं