File Photo
नेपालगन्ज १९ असोज : हुम्लाको ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका–२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका–६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको थियो । मृतक परियार दशैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग