जानौं नवरात्रको समयमा पालना गर्नुपर्ने नियमहरू
नेपालगन्ज २३ असोज : यतिबेला नवरात्र चलिरहेकोछ । नवरात्रि एक संस्कृत शब्द हो, जसको अर्थ हुन्छ नौ रातहरूको समूह । हिन्दू धर्ममा मनाइने चाडपर्वहरूमध्ये सबैभन्दा पवित्र मानिने नवरात्रि वर्षमा चार पटक मनाउने प्रचलन थियो । तर, अहिले केवल दुई पटकमात्रै सर्वसाधारणले मनाउने चलन छ ।
हिन्दू धर्मको मान्यता अनुसार यी दिनमा हरेक घर–घरमा देवी दुर्गाको नाममा जप्ने गरिन्छ । अधिकांश महिलाले यस चाडमा उपवास बस्दै देवीप्रति आफ्नो भक्ति प्रकट गर्छन् ।
नवरात्रिका नौ दिनमा, देवी दुर्गा आफ्ना भक्तहरूको साक्षात्कारमा आउँछिन् भन्ने मान्यता छ । तर, ती नौ रूपहरूमध्ये मुख्य तीन रूपहरू महालक्ष्मी, महासरस्वती र महाकाली हुन् । देवीका ती तीन रूपहरुका साथै अन्य धेरै स्वरूपमा समेत उनको पूजा हुने गर्छ ।
नेपालमा नवरात्रमा खासै व्रत बस्ने चलन नभए पनि नवरात्रमा व्रत बस्नेहरूको लागि केही प्रतिबन्धित विषयहरु पनि छन् । नवरात्रिको पूजनमा, महिलाहरू उपवास बस्दछन् र आफ्नो सम्पूर्ण दिमाग देवीलाई समर्पण गर्छन् । यस समयमा उनीहरूलाई शारीरिक सम्बन्ध नराख्न चिकित्सकहरू सल्लाह दिन्छन् ।
यो कुरा केवल विश्वासको आधारमा भनिएको होइन । यस प्रतिबन्धको मुख्य कारण भनेको नै यी नौ दिन महिलाहरू उपवासका कारण शारीरिक रूपमा कमजोर हुन्छन् । साथै, उपवास र त्यस्ता कारणले उनीहरू धेरै चिढिन्छन् पनि । यो समयमा महिलाको दिमागमा यौन सम्पर्कको कुरा अत्यन्त कम मात्रामा आएको हुन्छ । कतिपय हार्मोनहरू छन् तामासिक वृत्तिबाट आध्यात्मिकता तिर गएको हुन्छ । जसका कारण पनि यो समयमा यौन सम्बन्धलाई निषेध गरिएकोछ ।
हिन्दू धर्ममा यस्तो निषेध महिलाका लागि मात्र नभएर पुरुषका लागि समेत गरिएको हुन्छ । शारीरिक सम्बन्धको क्रममा हार्मोनको उत्सर्जनले शरीरमा केही थप हर्मोनहरूको उत्पादन गर्छ । त्यसकारण, यस समयमा, नकारात्मक शक्तिहरूले तिनीहरूलाई छिट्टै समाहित गर्न सक्छन् । जसले निराशा थप्न सक्छ । यस्तो समयमा यौन सम्पर्क राख्दा कहिलेकाहीँ मान्छे डिप्रेसनमा समेत जान सक्ने चेतावनी चिकित्सकहरु दिन्छन् ।
धर्मशास्त्रमा उल्लेख गरिए अनुसार हामीले देवी आराधनाको विषयमा धेरै नियमहरु पालना गर्ने गर्छाैं । धेरै नियमहरु यस कारण पनि पालना गर्छाैं कि यी देवीहरू नौ दिनसम्म हाम्रो घर आगनमै बास बस्न आउनुहुन्छ ।
नवरात्रको समयमा पालना गर्नुपर्ने नियमहरू निम्नानुसार छन्
धर्मशास्त्रका अनुसार यस समयमा हामीले शारीरिक सम्बन्ध राख्नुहुँदैन, कपाल वा नङ काट्नु हुँदैन । तेल, साबुन र स्याम्पुको प्रयोग गरेर स्नान गर्नु हुँदैन ।
उपवास अवधिमा, महिलाहरू कमजोर हुन्छन्, उनीहरूले कमजोरी मात्र नभई आफैँमा झर्काे मानेको महसुस पनि गर्छन् । उनीहरूमा एकै साथ, खुट्टा, पेट र सम्पूर्ण शरीरमा दुखाइ हुन सक्छ । वास्तवमा यो अवस्था धेरै पीडादायी हुन्छ । यही कारण यो विशेष समयमा महिला वा पुरुषलाई समेत सहवासको लागि निषेध गरिएको छ ।
कामको उत्साहलाई रोक्नकै लागि धेरै श्रीमान् श्रीमतीहरू भिन्दाभिन्दै सुत्ने पनि गर्छन् । त्यस्तै, शास्त्रले जुन ओछ्यानमा हामी शारीरिक सम्बन्ध गर्छौं, त्यो ओछ्यान छोएर पूजा गर्न निषेध गरिएको छ । किनकि यसले हामीलाई अपवित्र गराउन सक्छ । त्यसैले नवरात्रको नौ दिन सहवासलाई नियन्त्रण गर्न राम्रो हुन्छ ।
दाङमा जीप दुर्घटना एकजनाको मृत्यु, ६ जना घाइते
सल्यान : नालामा खेलिरहेका दुई बालकको डुबेर मृत्यु
नेपालगन्जबाट लगेर सुर्खेतमा बेच्थे खैरो हिरोइन, सशस्त्र प्रहरीकै दुई जवान पक्राउ
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर