नेपालगन्ज : प्रहरीले बाँकेमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ । डाँका चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र न्यौपानेलाई प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाको राँझाचोक नजिकै गोली प्रहार गरेर पक्राउ गरेको हो ।
भारतबाट नेपाल आइरहेको सूचनाको आधारमा जमुनाहा नाका पुगेको ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनलाई पक्राउ गरी ल्याउँदै थियो । राँझाचोक नजिक आइपुगेपछि न्यौपाने प्रहरीले चलाएको मोटरसाइकलबाट हाम फालेर भागेपछि गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले बताए ।
बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाँभार घर भएका न्यौपानेको बाँया खुट्टामा गोली लागेको छ । उनको नेपालगन्ज मेडिकल कलेजमा उपचार भएको छ ।
२०६८ सालमा बर्दियाकोो बाँसगढीमा संयुक्त राष्टू संघको गाडीमा हतियार देखाएर लुटपाट गरेको अभियोगमा न्यौपानेसहितका व्यक्तिलाई जिल्ला अदालत बर्दियाले ६ वर्ष कैद र २७ हजार ९ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर, उनीहरु फरार थिए ।
सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका वडा नम्बर ४ का न्यौपानेलाई बैदेशिक रोजगारीबाट फर्केका थिए ।
यूएनको गाडी चोरी तथा डकैती गरेको आरोपमा न्यौपाने सहित अरु दुई जना अझै फरार रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाही बताउँछन् ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी