नेपालगन्ज ६ कार्तिक : नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
सोमबारको तुलनामा सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो ।
यसअघि सोमबार तोलाको १ लाख ६५ हजार ६ सय रूपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड बनाएको थियो ।
यस्तै, आज चाँदीको मूल्यले पनि रेकर्ड कायम गर्न सफल भएको छ । सोमबारको तुलनामा तोलामा ५ रूपैयाँले बढेर चाँदी प्रतितोला २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
जुन अहिलेसम्मकै उच्च मूल्य रहेको महासंघले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?