File photo
नेपालगन्ज: सीता एयरको जहाज दुर्घटना हुनबाट बचेकोछ ।
लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट बचेको हो ।
सीता एयरको एउटा ईन्जिन आकाशमै फेल भएपछि चालकले सुरक्षित अवतरण गराउन सफल भएकाछन् ।
बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजलाई चालकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएको कम्पनीले जनाएको छ ।
आकाशमै ईन्जिन फेल भएपछि चालकले बुधबार बिहान करीब पौने ९ बजे जहाजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेका थिए ।
कम्पनीकाअनुसार जहाजमा यात्रु भने थिएनन् । सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले चालक दलका सदस्य र जहाज सुरक्षित रहेको आफ्नो ट्विटमार्फत जानकारी गराएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सबै जहाजको इन्जिन परीक्षण हुने र त्यसपछि आगामी उडान निश्चित गरिने उनले जानकारी दिएका छन् ।
सीता एयरले पहाडी र हिमाली भेगका विमानस्थलमा उडान भर्दै आएकोछ । त्यसमध्ये लुक्ला मूख्य विमानस्थल हो ।
लुक्ला विमानस्थल जोखिमपूर्ण विमानस्थल मानिन्छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी