नेपालगन्ज २० कार्तिक : बाँकेको खजुरामा झाडाबान्ताबाट एक जनाको मृत्यु भएको छ भने पाँच जना अस्पताल भर्ना भएकाछन् ।
यसरी झाडाबान्ताबाट एकाघरका ६ जना विरामी भएका हुन् । ती मध्ये झाडाबान्ता लागेका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर–५, वसन्तपुर ऐलानीका स्थानीय ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको हो ।
सोमबार बिहान ८ बजेतिर सबै परिवारले पुरी तरकारी खाए लगत्तै झाडाबान्ता भएको खजुरा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सुशिल थापाले जानकारी दिए ।
मृतकका अन्य परिवारका सदस्यहरु ५५ वर्षिया चौरासीया यादव, २६ वर्षिय भुवन्तु यादव, ३५ वर्षिया जिना यादव, १४ वर्षिय जस्मन यादव र ६ वर्षिय अमृत यादवको भेरी अस्पतालमा उपचार भइरहेकोछ । खजुरामा सामान्य उपचारपछि उनीहरुलाई भेरीमा रिफर गरिएको हो ।
मृतक सहित गम्भीर बिरामी भएकाहरुलाई फुडप्वाइजन भएको हुन सक्ने थापाले बताए ।
झालाबान्ताबाट गम्भीर बनेका अहिरको बिहान ९ बजे मृत्यु भएको उनले बताए । बिरामी मध्य १४ वर्षिय जस्मन यादवको अवस्था गम्भीर रहेको थापाले बताए । यो समाचार तयार पार्दासम्म झडाबान्ताबाट विरामी भएका पाँच जनाको उपचार भइरहेको र क्रमिकरुपमा स्वास्थ्यमा सुधार भइरहेको बताइएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?