नेपालगन्ज : बाँके प्रहरीले गाँजा फडानी अभियानलाई तिव्रता दिएकोछ । यतिवेला नेपाल प्रहरीको लागू औषध ओसारपसार नियन्त्रण
ब्यूरोको टोलीले जिल्लाका विभिन्न स्थानमा आफै उम्रिएका गाँजा नष्ट गरिरहेको छ ।
सोही अभियान अन्र्तगत बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नम्बर–७, भेलौनिया क्षेत्रमा आफै उम्रिएका गाँजा प्रहरीले नष्ट गरेको हो । सो क्षेत्रका सडकछेउको बाँझो जमिनमा उम्रिएका गाजालाई प्रहरीले विहीबार नष्ट गरेको जनाएकोछ ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७, भेलौनिया क्षेत्रमा रहेको गाँजा प्रहरी सहायक निरीक्षक प्रेमबहादुर अधिकारीको नेतृत्वको टोलीले नष्ट गरेको हो । सो क्षेत्रमा प्रहरीले केही दिनदेखिनै गाजा नष्ट गरिरहेको छ ।
राप्ती नदी आसपासका बाँझो जमिनमा गाजा उम्रिएका छन् । यद्यपी ती गाँजा भने कसैले नरोपी आफै उम्रिएको हो । अहिले झाँगिएको गाँजा असोज–कात्तिकमा तयार हुन्छ ।
लागुऔषध ओसारपसार नियन्त्रण ब्यूरो नेपालगन्जका प्रमुख बीरबहादुर थापाले गाँजा फडानीको कार्य बाँकेमात्रै नभएर देशव्यापी रुपमै प्रहरीले अभियन नै चलाएको बताए । उनले भने बाँकेमा गाँजा खेती हुदैन, आफै अम्रिएका हुन् । तर, पनि यस्ता गाँजाको जोखिमतालाई मध्यनजर गर्दै फडानी गरिरेहेको बताए ।
बाँकेको फत्तेपुर, भगवानपुर लगायत ठाउँमा गाँजा आफै उम्रिनेगरेकोछ । बाँकेमै प्रहरीले गत वर्ष मानखोला आसपासका क्षेत्रमा उम्रिएका ठूलो मात्राको गाजा नष्ट गरेको थियो ।
लागुऔषध प्रयोगकर्ता तथा यसका कारोबारीका पछिल्ला घटनाले बाँके जिल्ला लागुऔषधको केन्द्रविन्दु मानिन्छ । पहाडी जिल्लामा उत्पादन हुने चरेश र भारतबाट भित्र्याइने ब्राउनसुगरको केन्द्रविन्दु नेपालगन्ज हो ।
लागुऔषधको केन्द्रविन्दु भएपनि गाँजा उत्पादनमा भने बाँके पछाडी रहेको छ । यहाँ व्यवसायिक खेती गरेको पाइदैन । आफै उम्रिएको गाजाको फाइदा भने लिने गरिन्छ ।
प्रहरीले लागु औषध ओसारपसारमा कडाई गरेपनि लागुऔषध कारोबारी र सेवनकर्ता पनि उत्तिकै बढीरहेकाछन् । दिनहुँजसो जमुनाहा नाकामा लागु औषधसहित कारोबारीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिने गरेकोछ ।
खुला सीमानाको भरपुर फाइदा उठाउदै लागुऔषध ओसारपसार हुने नेपाल–भारत सीमानाकामा प्रहरीले केही महिना अघि मात्र लागुऔषध सम्बन्धि विज्ञ कुकुरको सहारामा निगरानी बढाएको थियो ।
विज्ञ कुकुरको सहारामा प्रहरीले सीमानाकाबाट लागुऔषधसहित कारोबारी र सेवनकर्तालाई नियन्त्रणमा लिएको थियो । तर, लागुऔषध ओसारपसार तथा नियन्त्रणमा प्रहरीले तदारुक्ता देखाएपनि लागुऔषध ओसारपसारमा भने कमी आएन ।
यस्तै नेपालगन्ज उपमहानगरपालिकामा एक हजार १ सय ९७ लागुऔषध दुव्र्यसनी छन् । लागुऔषध दुव्र्यसनविरुद्ध क्रियाशील विभिन्न सात संस्थाले यसअघि गरेको प्रारम्भिक सर्वेक्षणअनुसार यति दुव्र्यसनी फेला परेको हुन् ।
उपमहानगरपालिकाभित्र लागुऔषध प्रयोगकर्ताको वर्तमान अवस्था यकिन गर्न नगरका २३ वटै वडाका जोखिमपूर्ण ४२ वटा स्थान छनोट गरी गरिएको प्रारम्भिक सर्वेक्षणमा नगर क्षेत्र लागुऔषधको उच्च जोखिममा रहेको र एक हजार १ सय ६३ पुरुष र ३४ महिला लागुऔषधको दुव्र्यसनीमा रहेको छ।
तीमध्ये मुखबाट सेवन गर्ने एक हजार १२५, सुँघने ६३ र सुईंको माध्यमबाट लागुऔषध प्रयोग गर्ने नौ जना छन् । तथ्याङ्कअनुसार सबैभन्दा धेरै १६ देखि ४९ वर्ष उमेर समूहका एक हजार तीन, १२ वर्षमुनिका ६४ र ५० देखि ६१ वर्ष उमेर समूहका १३० छन् ।
लागुऔषध प्रयोगकर्तालाई यसको उपचार हुन्छ भन्ने जानकारी भए पनि हालसम्म २५० जनाले मात्र उपचार गर्दै आएको सर्वेक्षणमा जनाइएकोे छ । यो कूल संख्याको २० प्रतिशत मात्रै हो ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी