नेपालगन्ज २५ कार्तिक : कार्तिक शुक्ल नवमी, सनातन धर्मावलम्बीले आज कुष्माण्ड नवमी मनाउँदैछन् । आजको यो दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ ।
आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णिमा तिथिसम्म अमलाको रुखमा निवास गर्नुहुने धार्मिक मान्यता रहेको छ ।
आजको दिन अमलाको अतिरिक्त भगवान् विष्णुजीको पनि विधि विधानले पूजा अर्चना गर्ने गरिन्छ । कुष्माण्ड नवमीको दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल मिल्ने शास्त्रमा उल्लेख छ।
यो दिन भगवान् विष्णुले कुष्माण्डक नाम गरेको दैत्यलाई मारेको विश्वास गरिन्छ । आज कुभिण्डो दान गर्दा ठूलो पुण्यलाभ हुने धार्मिक विश्वास छ ।
नवमीदेखि तीनदिनसम्म वैवाहिक उत्सव गरी पीपलका साथमा अमलाको विवाह गराउँदा पुण्यलाभ हुने मान्यता छ । आजका दिन अमलाका रुखमुनि ब्राह्मणभोजन गराउने वा वनभोज खाने चलन पनि छ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ