कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्‍याे आठ जनालाई भ्रष्टाचार मुद्दा


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्‍याे आठ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं। कालिकोटमा सरकारी र नगर विकास समितिको नाममा रहेको जमिन व्यक्तिको नाममा दर्ता गरेको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति कालिकोटका तत्कालीन अध्यक्ष धीरबहादुर बमसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। 

कालिकोटको खाँडाचक्र नगर विकास समितिको स्वमित्वमा कर्णाली राजमार्गसँगै जोडिएको जग्गा गैरकानुनी तबरबाट व्यक्तिको नाममा ल्याएको आरोपमा उनिहरूमाथि मुद्दा दायर भएको हो। आयोगका अनुसार तत्कालीन अध्यक्ष बमसहित समितिका विज्ञ सदस्य रमेश नेपाली, सदस्य राजेन्द्र बहादुर थापा, तत्कालीन मालपोत प्रमुख नेत्रबहादुर शाही र खाँडाचक्र १ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष भरत बहादुर शाहीविरुद्ध मुद्दा दर्ता भएको हो। 

त्यस्तै मालपोतका सहायक कम्प्युटर अपरेटर वीरेन्द्र बहादुर शाही, तत्कालीन ना.सु मुकुन्द बस्नेत, कार्यालय सहयोगी ९करार० भक्तबहादुर शाही तथा जग्गा प्राप्त गर्ने अंखपुरा शाही, प्रदिपे दमाई, दिपबहादुर शाही र नरेन्द्र बहादुर थापासमेतलाई प्रतिवादी बनाइएको छ।  एको छ।
खाँडाचक्र नगर विकास समितिको स्वमित्वमा रहेको कित्ता नं १७७२ तथा सरकारी प्रकृतिको कित्ता नं ५७२ र ९२१ का जग्गा व्यक्तिको नाममा दर्ता गरेरगराएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आयोगका अनुसार दिपबहादुर शाहीले जग्गाधनी प्रमाण पूर्जा पाएको चार वर्ष र जग्गाधनी दर्ता श्रेस्ता अद्यावधिक भएको दुई वर्ष नपुग्दै बिक्रीसमेत गरिसकेका छन्।  

मुद्दामा अध्यक्ष बम, सदस्यहरु नेपाली र थापा तथा मालपोत प्रमुख शाहीविरुद्ध १ करोड ७६ लाख ८६ हजार आठ सय, का.वा वडाध्यक्ष शाहीविरुद्ध एक करोड  ९४ हजार चार सय तथा ना।सु बस्नेत र कार्यालय सहयोगी शाहीविरुद्ध ७५ लाख ७२ हजार चार सय बिगो असुल्न पनि भनिएको छ। त्यस्तै  जग्गा प्राप्त गर्ने अंखपुरा, प्रदिपे र दिपबहादुरसँग क्रमशः ४३ लाख ८८ हजार, ५७ लाख र ७५ लाख ९२ हजार बिगो असुल्न भनिएको छ।   

थप समाचार