नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो


सेतोखरी सेतोखरी   ५५ मिनेट अगाडि
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो

नेपालगन्ज। डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज ठूलै दुर्घटनाबाट जोगिएको छ। बिहीबार बिहान ८।२५ बजे बिमानस्थलमा अवतरणका क्रममा नाइन–एन(एजेएच कलसाइनको उक्त जहाजको पछाडि दायाँतर्फको पाङ्ग्रा खुस्किएको थियो। 

सात जना विदेशीसहित १३ जना यात्रु लिएर नेपालगन्जबाट उडेको उक्त जहाज पाङ्ग्रा खुस्किए पनि दुर्घटनाबाट भने जोगियो। 

सीता एयरले प्राविधिक त्रुटी भएको स्विकार गर्दै धावनमार्गमा रहेको उक्त जहाज प्राविधिकहरूले जाँच गरिरहेको जनाएको छ। धावन मार्गमा उक्त जहाज रोकिएपछि अरु जहाज अवतरण गर्न सकेका छैनन्। त्यही बेला अवतरणको अनुमति मागिरहेको नेपाली सेनाको जहाजसमेत त्यहाँबाट फिर्ता भएको विमानस्थल प्रशासनले जनाएको छ।