शिलालेखमा नाम लेखाउन दानकर्ताको लाईन
नेपालगन्ज २६ कार्तिक : प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा शिलालेखमा नाम लेखाउने दाताहरुको संख्या उल्लेख्य थपिएका छ ।
यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सव : घटाइयो शिलालेखको रकम
आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै यसअघि दान गरेकाहरुबाट दान रकम बढाउने र शिलालेखमा लेखिने बराबरको दान गर्नेहरुको संख्या बढेको हो ।
यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा वाचनको तेस्रो दिन दाताले गरे ३० लाख दान
कथा वाचनको चौथोे दिन ३० लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिले जनाएको छ । आजको कथा वाचनमा नेपालगन्जका स्थानीय बैश्य, मारवाडी र मधेशका स्थानीयबासीको उल्लेख्य उपस्थिती रहेको थियो
वाचन शिरोमणी पण्डीत दीनबन्धु पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको चौथो दिन महोत्सवमा संगीतमय कलाकार टोलीबाट कृष्ण जन्मोत्सव र रामको वनबासको नाट्य प्रदर्शन गरेका थिए । राम वनबासमा भरतको विलापको नाट्य प्रदर्शनमा उपस्थित दर्शनार्थीहरुको आँखाबाट आँसु खसेका थिए ।
आजपनि पण्डित पोखरेलको प्रवचनका बीचमा उनको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरेकोे थियो । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट तालिका गडगडाहटले स्वागत र सम्मान गरेका थिए ।
यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सव : दोस्रो दिन ३२ लाख बढी दान, भक्तहरुको बढ्यो घुँइचो
आर्थिक समितिले दिएको जानकारी अनुसार कथा प्रवचनका बीच नेपालगन्जका प्रतिस्थित कम्प्युटर व्यवसायी संजय थापाबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ तथा नेपालगन्जका अर्का व्यवसायी लोकेन्द्र अर्यालले ५ लाख ६६ हजार ६६६ रुपैयाँ दान गरे ।
बैकुण्ठधाम निर्माणका लागि भन्दै नेपालगन्जका व्यवसायी सन्तोष कुमार कानोडियाबाट ३ लाख १ हजार १११ रुपैयाँ, राजेश कुमार गुप्ताबाट १ लाख ५१ हजार १११, श्यामसुन्दर अधिकारीबाट एक लाख ११ हजार १११ रुपैयाँ, वरिष्ठ अधिवक्ता लोकबाहदुर शाहबाट एक लाख ११ हजार १११ रुपैयाँ प्रदान भएको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।
त्यसैगरि नीलबहादुर शाक्यबाट ५१ हजार १११, जगतदेबी खड्काबाट २५ हजार १०५ दान गरेको श्रेष्ठले बताए । केही दानकर्ताहरुले दानको प्रतिबद्धता व्यक्त गरेको र अधिकांस दाताहरुबाट नगद, चेक र क्युआरबाट दान प्रदान गरेको उनले बताए ।
यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सवः पहिलो दिन ८ लाख आर्थिक संकलन
सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।
यो पनि पढ्नुहोस् ‘बैकुण्ठधाम’ निर्माणका लागि नेपालगन्जमा आध्यात्मिक महोत्सव शुरु
महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, १ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।
महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए ।
यो पनि पढ्नुहोस् कार्तिक अन्तिम साता नेपालगन्जमा बैकुण्ठधाम अध्यात्मिक महोत्सव
महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।
नेपालगन्जबाट लगेर सुर्खेतमा बेच्थे खैरो हिरोइन, सशस्त्र प्रहरीकै दुई जवान पक्राउ
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर
बसभित्र महिलामाथि हातपात गर्ने कञ्चनपुरका तीन युवा पक्राउ
सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन