नेपालगन्ज २८ कार्तिक : नेपाल विद्यार्थी संघ(नेविसंघ)को विधान संशोधन एवम परिमार्जन समितिको संयोजकत्वमा नगेन्द्र प्रसाद आचार्य ‘एनपी’ चयन भएकाछन् ।
आचार्यको नेतृत्वमा नेविसंघको विधान संशोधन एवम् परिमार्जन समिति गठन गरिएको हो । संयोजकको जिम्मेवारी पाएका जुम्लाका आचार्य नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य हुन् ।
नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन तोकिएकै समयसीमा भित्र सम्पन्न गर्ने उद्देश्यले गठन गरिएको विधान संशोधन एवम् परिमार्जन समितिको सदस्यहरुमा मोरङका विवेक लिम्बु, तनहुँका राजेश कुमार श्रेष्ठ, बर्दियाका इ. सुनिल शाही र कपिलवस्तुकी मन्जु विश्वकर्मा रहेका छन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले संघको विधान २०२७ (संशोधन सहित) मा व्यवस्था भएका प्रावधानहरु समयानुकुल संशोधन एवम् परिमार्जन गर्नको लागि नेपाल विद्यार्थी संघको प्रमथ ऐतिहासिक बैठकद्वारा सर्वसम्मतले पारित निर्णयलाई कार्यान्वनय गराउन समिति गठन गरेको बताएकाछन् ।
संयोजकको जिम्मेवारी पाएपछि आचार्यले तोकिएको समयमा संघको विधान आम युवाहरुको मनोभावनालाई सम्बोधन गर्ने गरी परिमार्जन गर्ने प्रयास गर्ने बताए । उनले छिटै समितिको बैठक बसी दिइएको जिम्मेवारी पुरा गर्ने सेतोखरीलाई बताए ।
दाङमा बन्नेछ, योगी नरहरिनाथका नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र
लुम्बिनी, कर्णाली र सुदूरसहितका जिल्लामा बन्ने ‘नयाँ सहर’हरू, बजेट अभावमा अलपत्र
कांग्रेस सहमहामन्त्री अजयबाबुलाई साइबर ब्युरोले बोलायो
आइजिपीलाई ‘मोहरा’ बनाउँदै प्रहरी संगठनमा ३० वर्षपछि दोहोरिएको एउटा नियति
मन्त्रीका सल्लाहकार सदस्य सचिव भएपछि लुम्बिनीको अर्को नियुक्ति पनि विवादमा
बझाङमा जीप पल्टियो, दुई जनाको मृत्यु, पाँच गम्भिर घाइते