नेपालगन्ज १ मंसिर : नेपालगन्जमा ६५ करोडको लागतमा स्टार पोलीपाईप इन्डष्ट्रिज प्रालिको शनिबार उद्घाटन गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१८ मा रहेको स्टार पोलीपाईप इन्डष्ट्रिज प्रालिको शनिबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे ।
उद्घाटन गर्दै मन्त्री भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले स्टार पोलिपाइपलाई लुम्बिनी प्रदेशमा मात्रै नभएर नेपालभर तथा भारतसम्म पनि उत्पादित सामाग्रीको बजारीकरण गर्न सकिने विश्वास ब्यक्त गरे ।
प्राधिकरणका अध्यक्ष कमल कार्कीले करिब ६५ करोडको लागतमा एचडीपीई, एसआईपीबी, युपीबी, बोरवेल र गार्डेन पाइप तथा फिटिङ उत्पादन भइरहेको जानकारी दिए ।
कार्कीले बजारमा आर्थिक मन्दी भए पनि स्टार पोलिपाइपबाट अत्याधुनिक उपकरणसहित गुणस्तरीय सामग्री उत्पादन गर्दै आएको बताए ।
कम्पनीले जापान र दक्षिण कोरियामा उत्पादित उत्कृष्ट कच्चा पदार्थबाट सिपिसिभी, युपिभिसी पाईप तथा फिटिङहरु उत्पादन गर्दै आईरहेको कम्पनीका बिक्रि प्रमुख दिनेशराज विष्टले जानकारी दिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?