नेपालगन्ज १० मंसिर : साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपैयाँले घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आईतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले सुनको भन्सार दरलाई २० प्रतिशतबाट १० प्रतिशतमा झारेपछि सुनको मूल्यमा असर परेको हो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १ सय १५ रुपैयाँ घटेको छ ।
आईतबार तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार आठ सय ४५ रुपैयाँ भएको छ ।
उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।
नेपालगन्जबाट लगेर सुर्खेतमा बेच्थे खैरो हिरोइन, सशस्त्र प्रहरीकै दुई जवान पक्राउ
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर
बसभित्र महिलामाथि हातपात गर्ने कञ्चनपुरका तीन युवा पक्राउ
सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन