दाङ: तुलसीपुर उपमहानगरपालिका–६, गोलौरामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएकोछ ।
ट्रयाक्टरले ठक्कर दिई गम्भीर घाईते हुदाँ १४ वर्षिय एक किशोरको मृत्यु भएको हो ।
दाङ तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्रयाक्टरले ठक्कर दिँदा अनिल विकको मृत्यु भएको थियो ।
घरको आँगनमा शनिबार बेलुका बसिरहेका अनीललाई रा १ त २६३१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई ठक्कर दिएको थियो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अनिलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।
चालकले मादकपदार्थ सेवन गरेर चलाएकाले दुर्घटना भएको प्रहरीको भनाई छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी