नेपालगन्ज २९ मंसिर : बर्दिया राष्ट्रिय निकुञ्जका वरिपरिका क्षेत्रमा बाघ र चितुवाको आक्रमण हुनेक्रम जारी छ । सोही क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार विहान चितुवाको आक्रमणबाट ६ जना स्थानीय घाइते भएका छन् ।
जिल्लाको ठाकुरबाबा नगरपालिका –४ खैलार गाउँनजिक चितुवाको आक्रमणमा परेर स्थानीय झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारीअनुसार बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिवार बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको थियो । उनलाई बचाउन जाँदा अरू तीन जनालाई पनि चितुवाले आक्रमण गरेको छ ।
त्यसपछि चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली त्यहाँ पुगेको थियो । चितुवालाई नियन्त्रणमा लिन खोज्दा चितुवाले थप दुई जनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । चितुवाको आक्रमणबाट घाइते भएकाहरूको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ ।
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी