नेपालगन्ज : तस्करी, राजश्व लगायत विभिन्न विवादमा मुछिदै आएका सशस्त्र प्रहरीका एसपी बिमल डाँगीको अन्तत्ःसरुवा भएको छ । बाँके जिल्लाको सिमावर्ती बालेगाउँमा अवस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड्क्वाटर बागेश्वरीका गणपति एसपी डाँगीको सशस्त्र प्रहरी बल नेपाल प्रहरी कार्यालय कार्य विभागमा सरुवा भएको छ ।
एपिएफ एसपी डाँगीको शुक्रबार राती हेडक्वाटरले सरुवा गरेको हो । सीमा सुरक्षासँगै भन्सार राजश्व छलि तथा चोरी नियन्त्रण गर्न असफल देखिएपछि केही दिन अघि मात्र एसपी डाँगी सशस्त्र प्रहरी हेड्क्वाटर तानिएका थिए ।
सशस्त्र प्रहरीका आइजिपी राजु अर्यालले एसपी डाँगीलाई ठुलै कार्वाही गर्न खोजेका थिए । तर काँग्रेस नेता पूर्ण बहादुर खड्का पावरले एसपी डाँगीको जागिर जोगिएको थियो । दुई हप्ता हेडक्वाटरमा हाजिर लगाएका डाँगी केही दिन अघि मात्र बाँके फर्किएका थिए । नेता खड्काकी श्रीमती र एसपी डाँगीकी श्रीमती एउटै माइती घरका हुन् ।
एसपी बिमलको ठाउँमा अर्थात् सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड्क्वाटर बागेश्वरी, बाँकेमा एपीएफ एसपी शोभाकान्त खनालको सरुवा भएको छ । नेपाल भारत सिमा क्षेत्रमा रहेको यो ३० गण पैसा कमाउन निकै मालदार मानिन्छ ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं