बेनी: बेनी–जोमसोम सडक अवरुद्ध भएकोछ । जोमसोम सडकखण्डमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको हो ।
सो सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि यातायात अवरुद्ध बनेकोछ ।
सडक अवरुद्ध बनेपछि बेनी–जोमसोम सडकमा आवतजावत गर्ने सवारी साधन बीच बाटैमा रोकिएका छन् । जसका कारण मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणले सास्ती भोग्नुपरेकोछ ।
आईतबार विहान घोप्टेभीरमा पहिरोले सडकको करिब १३ मिटर सडकको आधार नै भत्काएकोछ ।
सडक भत्किएपछि यतिवेला डोजरको सहायताले सडक मर्मतको तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिए ।
पहिरोका कारण भत्किएको सडक सुचारु गराउने गरि मर्मतको काम अघि बढाइएको उनी बताउँछन् ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी