नेपालगन्ज: दुई दिनदेखि अबरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन ।
कर्णाली राजमार्ग अन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग आईतबारसम्म खुल्न सकेको छैन् ।
शुक्रबार अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
अवरुद्ध राजमार्ग सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर लगाएर खुलाउने प्रयास भइरहेको भएता पनि अवरुद्ध भएको कर्णाली राजमार्ग अझैँ खुल्न सकेको छैन् ।
अवरुद्ध राजमार्ग खुलाउनका लागि दुईओटा डोजरबाट यतिवेला काम भइरहेको छ । यद्यपी आईतबार बेलुकासम्म राजमार्ग खुल्ने जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएकोछ ।
आईतबार बेलुकासम्म राजमार्ग खुल्ला गर्ने गरि काम भइरहेकोछ । राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत नेपालगन्जका लागि हिँडेका यात्रु बीच बाटोमा अलपत्र परेका छन् ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी