Photo: Google
नेपालगन्ज: अरुका सानो घटना पनि बाहिर ल्याउने प्रहरीले आफु भित्रका घटना भने ढाकछोप गर्ने गर्छन् । त्यतिमात्र कहाँ हो र, यौनका घटना त थाहा पाउनै हुँदैन प्रहरीलाई ।
तुरुन्तै छापा मारेर पक्राउ गरी अपराधी झैं उभ्याइ हाल्छन्, र बाघ नै फेला पारे जस्तो गरी सार्वजनिक गरिहाल्छन् । झन् नयाँ प्रहरी अधिकृत त सरुवा भएर आउनै हुँदैन ।
काम देखाउन सबै भन्दा पहिले होटलमा छापा मार्ने नै हो, चाहे श्रीमान–श्रीमती कोठामा बसेका हुन् वा अरु कोही । पक्राउ गर्ने, सार्वजनिक गर्ने अनि समाजमा बस्ने लायक नै नबनाएर ईज्जत उछालिदिने ।
तर, आफ्नो परिवार भित्रको घटना भने गुपचुप राख्छ प्रहरी । यस्तै घटना घटेको छ नेपालगन्जमा र लुकाउन खोजेको छ बाँके प्रहरीले । त्यो पनि अख्तियार भित्रको सदस्यको । कुरा हो यहि भदौ २१ गते शनिबार दिउँसोको ।
बाँके प्रहरीका अनुसार, घटना स्थल नेपालगन्ज सुर्खेतरोड स्थित सामथ्र्य ईन होटल । एक जोडी होटल पुग्छन् । अनि बुक गर्छन् कोठा नम्बर ७ । श्रीमती एउटाको, श्रीमान अर्कैको । ती हुन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी जवान महेन्द्र विसी । जसले अर्कैकी श्रीमतीलाई यौन प्यास मेटाउन सामथ्र्य होटलको कोठा नम्बर ७ मा पु¥याएका थिए ।
प्रहरी जवान महेन्द्रसँग पुग्ने महिलाको नाम भने यस सेतोखरीले गोप्य राखेको छ । उनीहरु होटलको कोठा पुगे आफ्नै दुनियाँमा रमाउन थाले । ती महिलाका श्रीमान पनि कहाँ कम थिए र । विहानै देखि आफ्नी श्रीमती कहाँ जान्छे भनेर पिछा गरिरहेका रहेछन् ।
जब त्यो जोडी होटलको कोठा भित्र छिर्छ अनि ती महिलाका श्रीमान प्रहरी गुहार्न पुग्छन् । प्रहरीलाई साथमा लिएर उनी होटलको कोठ नम्बर ७ मा पुग्छन् । प्रहरीले ढोका हान्छ र ढोका खोल्छ त्यो जोडी रंगेहात फेला पर्छ । उनले आफ्नी श्रीमतीलाई परपुरुषसँग भेट्छन् ।
अनि त्यो जोडीलाई प्रहरी पक्राउ गर्छ । पक्राउ परेका पुरुषले भन्छन् ‘म अख्तियारको हुँ’ भनेर । अनि हुन्छ बाँके प्रहरीलाई के गर्ने के नगर्ने । यो घटना बाँके प्रहरीले गुपचुप राखेको छ । बाँके प्रहरी यो घटनालाई बाहिर ल्याउन चाहदैन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एक अधिकारीले यो घटनालाई बाहिर नल्याईदिन सेतोखरीलाई आग्रह गरे । ‘अख्तियारका एक प्रहरीले अर्कैकी श्रीमती ल्याएर होटलमा बसेका रहेछन् । उनका श्रीमानले हामीलाई भनेपछि हामी छापा हान्न पुग्यौँ, कोठाको ढोका खोलेर हेर्दा जोडीलाई फेला पार्यौं ।’
ती प्रहरी अधिकारीले सेतोखरीसँग भने ‘पक्राउ परेका पुरुष हाम्रै परिवार भित्रका सदस्य भएकोले यो बाहिर नल्याइदिनुस् ।’ पक्राउ परेका अख्तियारका प्रहरी जवान जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । तर बाँके प्रहरीले आधिकारिक रुपमा उनको बारेमा केही बताउन चाहदैन ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी