पहिला उत्कृष्ट ‘प्रहरी’, अहिले युवतिसँग रंगेहात 


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि

नेपाल प्रहरीका एकजना जुनियर अधिकृतलाई स्थानीयले होटलको कोठाभित्रै थुने। त्यसपछि उनिहरूले प्रहरी चौकीमा खबर गरे अनि प्रहरी टोली त्यहाँ पुग्यो। 

जहाँ नेपाल प्रहरीका एकजना सई एउटी युवतिसँगै थिए। पटक पटक युवतिसँग होटलमा शंकास्पद गतिविधि गर्न थालेपछि स्थानीयले ती प्रहरीलाई पछ्याइरहेका थिए। आइतबार राति उनिहरूले रंगहात युवतिसहित सई गणेशप्रसाद श्रेष्ठलाई फेला पारेर नियन्त्रणमा लिएका हुन्। 

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले गत जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको थियो। उनि नमोवुद्ध(४स्थित स्थानीय प्रहरी चौकी भकुण्डेको इन्चार्जको जिम्मेवारीमा थिए। युवतिसहित नियन्त्रणमा लिइएका उनलाई राति नै जिल्ला प्रहरी कार्यालय धुलिखेल लगिएको थियो। उनिसँगै अर्का एकजना प्रहरी पनि पक्राउ परेका छन्।

उनिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख रबिन कार्कीले बताएका छन्।