तस्विरः रवि कनोजिया
नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित घरबारी टोलमा आगलागी भएकोछ ।
घरबारी टोलमा रहेको कपडा पसलमा फेसन मलमा आगलागी भएको हो । आगलागी भएको थाहा पाए लगत्तै स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र दुई वटा दमकलको सहयोगमा आगो निभाइएको थियो ।
करिब आधा घण्टा पछि आगो नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार घरबारीटोलमा रहेको स्मृति रानामगरले सञ्चालन गरेको फेसन मलमा आगो लागेको हो ।
विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक बस्नेतले बताए । आईतबार राती पौने दश बजे भएको आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको लत्ताकपडा जलेको बुझिएकोछ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी