थप बाढी र पहिरोको जोखमि बढेपछि चिनियाँ टोलीले तिब्बती क्षेत्रमा उद्धारको काम स्थगित गरेको छ। त्यहाँ खटिएका उद्धारकर्मीहरुका अनुसार बाढी र पहिरो उत्पन्न भएको स्थानमा बनेका कृत्रिम तालहरूमा हिँउका चट्टान खस्ने क्रम सुरु भएको छ।
यसअघि नै चिनियाँ अध्ययन टोलीले त्यस क्षेत्रमा केही विशाल पोखरीहरू फुट्ने तरखरमा रहेको भन्दै सचेत रहन भनेको थियो। बुधबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढी उत्पन्न भएका टाकुराहरूमा अझै विशाल मात्रामा पानी भरिएका दुई तालहरू छन्।
बुधबार आएको पहिरो र लेदोसहितको बाढीले नेपाल–चीन सीमास्थित जिरोङ ९केरुङ० नाकामा ठूलो क्षति पुर्याएको थियो। अधिकारीहरूका अनुसार पहिरोको भग्नावशेषका कारण नदी थुनिएर बनेको तालको जलस्तर लगातारको वर्षाले गर्दा उच्च बिन्दुमा पुगेको छ। उक्त ताल जुनसुकै बेला फुट्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा थप विनाश निम्त्याउन सक्ने जोखिम बढेको भन्दै चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले उद्धारकर्मीहरूलाई सुरक्षित स्थानमा रहन र अपरेसन रोक्न निर्देशन दिएको जनाएका छन्।
बीबीसीका अनुसार यस प्राकृतिक विपत्तिमा परी तिब्बततर्फ अहिलेसम्म ५५० भन्दा बढी मानिस बेपत्ता भएको विवरण प्राप्त भएको छ। बेपत्ता हुनेहरूमध्ये २६० जना विदेशी पर्यटक र तीर्थयात्रीहरू रहेका छन्।
हाल अधिकारीहरूले जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बढिरहेको पानीको सतहलाई नजिकबाट नियालिरहेका छन्। भारी वर्षा जारी रहेकाले आगामी केही दिनसम्म बाढीको जोखिम अझै बढ्न सक्ने अनुमान गरिएको छ।
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?