नेपालगन्ज : यौनकाण्डमा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज सम्र्पक कार्यालयमा कार्यरत प्रहरी जवान महेन्द्र विसीलाई कारबाहीका लागि सिफारिस गरिएकोछ ।
अख्तियारको सम्र्पक कार्यालय नेपालगन्जले विसीमाथि कानूनी कारबाहीका लागि विभागमा पत्राचार सहितको सिफारिस गरिसकेको र उसलाई विभागीय कारबाही हुने अख्तियार नेपालगन्जका प्रमुख गणेश गैरेले बताए ।
विगतमा आर्थिक चलखेलका घटनामा संलग्न हुने अख्तियारकै कर्मचारी पछिल्लो समय यौन काण्डमा समेत मुछिन पुगेका छन् ।
यसअघि आर्थिक अनियमितता वा भ्रष्टाचार तथा सेवाग्राहीबाट घुस लिएको भन्दै अख्तियारले नै अख्तियारकै उच्चदेखि तल्लो तहका कर्मचारी र अख्तियारकै सुरक्षाकर्मीलाई रङ्गे हात पक्राउ गर्दै आएको थियो ।

तर, यसरी पक्राउ परेका अख्तियारकै कर्मचारीमाथि अहिले सम्म प्रभावकारी तथा पारदर्शीरुपमा कानूनी कारबाही भएको देखिएको छैन ।
अख्तियारकै तल्लो तहदेखि माथिल्लो तहसम्मका अधिकारीबीच हुने बार्गेनिङ्ग र सेटिङ्गका आधारमा आर्थिक घुसपैठ हुदै आएको छ ।
यसअघि नेपालगन्ज कार्यालयमै कार्यरत अख्तियारका केही कर्मचारी सेवाग्राहीबाट घुस रकम लिएबापत अख्तियारकै अधिकारीले पक्राउ गरि कानूनी कारबाहीका लागि प्रक्रिया अघि बढाएको जनाएपनि यसरी पक्राउ गरिएका अख्तियारकै कर्मचारीमाथि जनताले थाहापाउने गरि अख्तियार दुरुपयोग आयोगका केन्द्रिय प्रवक्ता प्रदीप कुमार कोइरालाले समेत यसरी स्वीकारी सकेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्र्पक कार्यालय नेपलागन्जमा कार्यरत प्रहरी जवान महेन्द्र विसीलाई भदौ २१ गते नेपालगन्जको सुर्खेतरोडमा रहेको सामथ्र्य ईन होटलबाट रङ्गेहात पक्राउ गरेको थियो ।
यो घटना बाँके प्रहरीले गुपचुप राखेको थियो । बाँके प्रहरी यो घटनालाई बाहिर ल्याउन चाहदैन थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एक अधिकारीले यो घटनालाई बाहिर नल्याईदिन आग्रहसमेत गरेका थिए । पक्राउ परेका अख्तियारका प्रहरी जवान जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । तर, बाँके प्रहरीले आधिकारिक रुपमा उनको बारेमा केही बताएको छैन ।
बाँके प्रहरी कार्यालयका मुद्दा शाखा ईन्चार्ज प्रहरी निरीक्षक दीपक मल्लका अनुसार यौनकाण्डमा पक्राउ परेका प्रहरी जवान विसीमाथि विभागीय कारबाहीका लागि प्रक्रिया अघि बढिसकेकोछ ।
यो पनि पढ्नुहोस्
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी