डोल्पाको गाउँपालिकामा भ्रष्टाचार:  प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहितलाई अख्तियारको मुद्दा 


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
डोल्पाको गाउँपालिकामा भ्रष्टाचार:  प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहितलाई अख्तियारको मुद्दा 

काठमाडौं। डोल्पाको एक गाउँपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

आर्थिक वर्ष २०७८/७९को अवधिकमा कार्यरत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल र अरु सात जना जनाविरुद्ध ७३ लाख ६१ हजार ९५३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरुविरुद्ध  आर्थिक वर्ष २०७८र७९ मा त्रिपुरासुन्दरी नगरपालिकाको आर्थिक वर्ष २०७८र७९ मा वडा नं. ६ हरियापानी पालङ्ग माझफाल हुदै रुकुमसम्म सडक योजनाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीको व्यवस्था विपरीत ठेक्का दिएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो। 

आयोगका प्रवक्ता प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उनिहरूले कम रकम कबोल गर्नेलाई अनुत्तिर्ण गरी बढी रकम कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत तथा ठेक्का प्रदान गरी भ्रष्टाचार गरेको आरोप छ। 

अख्तियारले नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, शिक्षा अधिकृत भिम बहादुर थापा, एमआइएस अपरेटर शरिचन्द्र विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

त्यस्तै वडा नं. ६ स्थित हरियापानी पालुङ्ग माझफाल हुदै रुकुमसम्म सडक निर्माण कार्यको खरिद प्रक्रिया मुल्याङ्कनमा सङ्लग्न बोलपत्र मुल्याङ्कन समितिका सदस्य शिशिर कुमार गुरुङ, छल निर्माण सेवा प्रालि दुनै, डोल्पा र उक्त निर्माण सेवाका प्रोपाइटर दिपचन्द् रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।