नेपालगन्ज : बाँकेमा ‘मिटर ब्याज र ढुकुटी’को अवैध धन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने र ढुुकटी खेलाउँने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ ।
गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि कतिपय लगानीकर्ताको भागाभाग भएको छ । मिटर ब्याजमा भएको लगानीका कारण केहीको घर र जग्गा नै सखाप भएको छ ।
मासिक चर्को ब्याज रकम रहेको यो प्रथाबाट लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन भएका छन् । मिटर ब्याजको धन्दाले आफन्तजन, साथीभाइ, परिवारमा विलाप निम्त्याएको छ ।
भएको घरजग्गा सखाप मात्र भएको छैन कतिको परिवार नै विखण्डनको अवस्था पुगेको छ । कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि, सामुदायिक प्रहरी र प्रहरीमा धाउने क्रम बढेको छ ।
मिटर ब्याजको कारोबारमा बाँकेमा तीन वटा समूहको संलग्नता देखिएको छ । पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको पैसा दोस्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नेलाई दिन्छन् । दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन् ।
मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित छन् ।
पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित भएका छन् । मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीका रूपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम बीस प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पुरै साँवा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज असुली गर्ने गरेका छन् ।
सामान्य मजदूरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन् । विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर, बैंकमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने भेटिएको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत बताउँछन् ।
यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरूषभन्दा बढी महिला छन् । वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडीबुटी व्यापारी र घरजग्गा कारोबारी व्यापारीले मिटर ब्याजको ऋण लिने गरेको भेटिएको उनले बताए ।
बाँकेको कोहलपुरमा मिटर ब्याज र ढुकुटी खेलाउने समूहको सञ्जाल फैलिँदै गएको छ । गैरकानूनी रूपमा यसरी सञ्जाल नै फैलिएपछि यस क्षेत्रमा आपराधिक घटनाले पनि प्रसय पाईरहेका छन् । यसको रोकथामका लागि कोहलपुर प्रहरी र स्थानीय तह समेत उदासिन रहेका छन् ।
मिटर व्याज र ढुकुटी खेलेर एकै पटक धेरै पैसा आउने लोभका कारण धेरै टाट पल्टिएका छन । अपराध पनि फस्टाएको छ । रातारात मालामाल हुने सपना देखाउँदै कोहलपुरमा मिटर ब्याजको अवैध धन्दा झन झन सांगठनिक रूपमा फस्टाउँदै गएको हो ।
मिटर ब्याज र ढुकुटीले कतिपयको पैसा मात्रै स्वाहा भएको छैन, ईज्जत र प्रतिष्ठा पनि धमिल्याइदिएको छ । मिटर ब्याजका कारोवारीलाई राजनीतिक दलका नेताहरूले नै संरक्षण गरेका छन् । यसले पनि यस्तो अवैध धन्दा फस्टाएको हो । मिटर ब्याजलाई रोक्न नेताहरूले कारोवारीलाई जोगाउने खेल बन्द गर्नुपर्ने कोहलपुरका नागरिक अगुवा पूर्ण अधिकारी बताउँछन् । मिटर ब्याजकै अवैध धन्दाका कारण जिल्ला अदालतमा मात्रै चेक अनादरका मुद्धा बढ्दै गएका छन् ।
‘चेक अनादरको मुद्धा बढ्नुले मिटर ब्याज र ढुकुटीको अवैध धन्दा मौलाएको स्पष्ट हुन्छ,’ कानून व्यवसायी भन्छन्, ‘अदालतले कानुनी रुपमै मिटर ब्याज भन्न सक्दैन तर, चेक अनादर बढ्नुले बजारमा मिटर ब्याज र ढुकुटी जस्ता अवैध धन्दा मौलाएको पुष्टि हुन्छ ।’
मिटर व्याज र ढुकुटीमा उच्च र बौद्धिक वर्गको संलग्नता देखिएको छ । कोहलपुरमा सम्पन्न र सौखिन महिलाहरू बढी मात्रामा मिटर व्याज र ढुकुटीको चक्करमा फसेका छन् । ‘मिटर ब्याजको धन्दामा रहेकाहरुले, बाउन्सर राखेका छन,’ स्रोतले भन्यो, ‘चर्को ब्याजमा रकम लिनेले दिन्न भनेपछि, धम्क्याउदै असुली गर्ने परिपाटी नै बनिसकेको छ, यसले अपराध झन् बढाएको छ ।’
ईलाका प्रहरी कार्यालय कोहलपुले मिटर ब्याजका विषयमा कुनै गुनासो समेत नआएको बताउँदै आएको छ । ‘आपसी लेनदेन भएका कारण प्रहरी प्रशासनले केही पनि गर्न नसक्ने कोहलपुरका प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाही बताउँछन् । तर, स्थानीयले भने प्रहरी र स्थानीय प्रशासनको मौनताका कारण बाँकेमा यस्तो गैरकानूनी धन्दा फैलिदै गएको बताएका छन् ।
कतिपय व्यक्तिहरू मिटर ब्याज र ढुकुटीकाका कारण केही रातारात करौडांैको सम्पत्ति जोड्न सक्षम भएका छन् । कतिपयको यसैका कारण घरबास समेत उठिबास भएको छ ।
सहमतिमा ऋण लिने/दिने गरेर समयमै फिर्ता नपाएपछि ठगी ग¥यो भनेर गुनासो बढ्न सक्ने देखिन्छ । गैरकानूनी मानिएको ‘मिटर ब्याज’ मा कारोबार गर्न गिरोह नै सक्रिय देखिएको छ । यो रोग कोहलपुरमा मात्रै नभई नेपालगन्ज र आसपासमा पनि उत्तिकै बढेको छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी