यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व


सेतोखरी सेतोखरी   ४४ मिनेट अगाडि
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व

नेपालगन्ज। नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बाँकेका मुख्य दुई नगरमा संस्थापन पक्षको नेतृत्व बिजयी भएको छ। बिहीबार भएको नगरअधिवेशनबाट नेपालगन्ज उपमहानगरको नगर सभापतिमा धनराज बर्मा निर्वाचित भएका छन्। 

बर्माले २८४ मत प्राप्त गरेर बिजयी भए भने उनका प्रतिष्पर्धी बिनोद रिजालले २४८ मत प्राप्त गरेका थिए। नगरको नेतृत्वमा उपसभापति सरदराज अधिकारी, पूर्णकला थापा, सचिव सूर्यप्रसाद धिमाल, सहसचिवमा विकास शाह, र सदस्यहरूमा अन्जली चौहान, मोहमद शाकिल, पुनसिंह ठकुरी, अजय कोरी, सुनिता कोरी, केशुकुमारी पोख्रेल, राकेशकुमार सबी, शालिकराम सुवेदी बिजय भएका छन्।

त्यस्तै कोहलपुर नगरमा विरेन्द्र शाह निर्वाचित भए। उनको यो दोस्रो कार्यकाल हो। शाहले २४५ मत प्राप्त गरेर विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी चिन्तामणि धितालले २१८ मत प्राप्त गरे। शाहको नेतृत्वमा सहसचिवबाहेक अरु सबै बिजयी भए। 

खुल्ला उपसभापतिमा  भरत शर्मालाई पराजित गरेर दिपेन्द्र चौधरी निर्वाचित भए। त्यस्तै महिला उपसभापतिमा शुभद्रा शर्मा, सचिवमा रबिन शर्मा, सहसचिवमा ओमजंग  शाह निर्बाचित भएका छन्। 
यी बाहेक अन्य पालिकामा पनि अधिवेशनहरू सकिएका छन्। जसअनुसार खजुरा गाउँपालिका सभापति महेन्द्र मल्ल, बैजनाथ गाउँपालिका सभापति देव बहादुर केसी, राप्तीसोनारी गाउँपालिका सभापति भीम राना क्षेत्री, जानकी गाउँपालिका सभापति अजय कुमार बर्मा, नरैनापुर गाउँपालिका सभापति मेराज अहमद खाँ र डुडुवा गाउँपालिका सभापतिमा विजय कुमार यादव बिजयी भएका छन्।