प्रहरीले किन उठायो चोलेन्द्र समशेरलाई?


सेतोखरी सेतोखरी   ३८ मिनेट अगाडि
प्रहरीले किन उठायो चोलेन्द्र समशेरलाई?

काठमाडौै। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई प्रहरीले नियन्त्रणमा राखेको छ। राति साढे १२ बजेतिर महाराजगन्जस्थित उनकै निवासबाट प्रहरीले उनलाई लगेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी नेतृत्वको टोलीले उनलाई महाराजगन्ज स्थित उनको घरबाट सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको थियो। 

उनिमाथि ‘सुरक्षा थ्रेट’ रहेको भन्दै उनलाई प्रहरी कार्यालयमा राखिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन्। 

तर त्यसको विस्तृत कारणबारे केही भनिएको छैन। 

उनि २०७८ साल पुस १८ गतेदेखि प्रधानन्यायाधीश भएका थिए। त्यसपछि २०७८ सालमा उनिविरुद्ध महाअभियोग दर्ता भयो। त्यसपछि निलम्बनमा रहेका उनि अदालत फर्किन पाएनन्। उनको महाअभियोग पारित भइसकेको थिएन, उनको कार्याकाल भने सकिइसकेको थियो। 

उनिविरुद्ध कुनै मुद्दा दर्ताबारे पनि प्रहरीले भनेको छैन। 

यद्यपि प्रहरी स्रोतले उनिमाथि दुई मुद्दाहरू रहेको बताएको छ। त्यसमा उनि प्रधानन्यायाधीश हुँदा मुद्दा मिलाउन लेनदेन गरेको आरो र वर्तमान सरकारविरुद्ध जेनजी समूहहरूलाई भड्काएको आरोप उनिमाथि लगाइएको छ। तर त्यसविरुद्ध कसैले पनि प्रहरी वा अदालतमा मुद्दा तथा उजुरी दर्ता गरेका छैनन्।