चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए

काठमाडौं। अन्तत: पूर्वप्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई प्रहरीले घरमै लगेर छोडेको छ। राति करिब साढे १२ बजेतिर महाराजगन्जस्थित आफ्नै निवासमा सुतिरहेका बेला प्रहरी पुगेर उनलाई अपराधन अनुसन्धान कार्यालय काठमाडौंमा लगिएको थियो।

चोलेन्द्रमाथि सुरक्षा थ्रेट भएका कारण थप सुरक्षाका लागि उनलाई लगिएको भनेर प्रहरीले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएको थियो। तर उनलाई गिरफ्तार गरिएको हो वा अरु केही हो भन्नेबारेमा भने प्रहरीले केही खुलाएको छैन। 

प्रहरीले नियन्त्रणमा लिएपछि यसबीचमा नेपाल बार एशोसिएसनसहित विभिन्न राजनीतिक दलहरूले समेत सरकारको नियतमाथि शंका गर्दै उनिमाथि प्रहरीको नियन्त्रणबारे सरकारले जवाफ दिनुपर्ने बताएका थिए। उनलाई भेट्न प्रहरी कार्यालय पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई पनि भेट्न नदिएर प्रहरीले फर्काइदिएको थियो। 

अन्तत: उनलाई २ बजेतिर अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले आफ्नै गाडीमा राखेर घरमै पुर्‍याइदिएका छन्। जबरा हाल परिवारसँगै छन् र उनको निवासमा थप प्रहरी राखिएको छ। राणालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सन्तोष खड्कै नेतृत्वको टोली महाराजगञ्जस्थित उनको घरमा पुगेको थियो। 

उनि २०७८ साल पुस १८ गतेदेखि प्रधानन्यायाधीश भएका थिए। त्यसपछि २०७८ सालमा उनिविरुद्ध महाअभियोग दर्ता भयो। त्यसपछि निलम्बनमा रहेका उनि अदालत फर्किन पाएनन्। उनको महाअभियोग पारित भइसकेको थिएन, उनको कार्याकाल भने सकिइसकेको थियो।  

उनिविरुद्ध कुनै मुद्दा दर्ताबारे पनि प्रहरीले भनेको छैन।  यद्यपि प्रहरी स्रोतले उनिमाथि दुई मुद्दाहरू रहेको बताएको छ। त्यसमा उनि प्रधानन्यायाधीश हुँदा मुद्दा मिलाउन लेनदेन गरेको आरो र वर्तमान सरकारविरुद्ध जेनजी समूहहरूलाई भड्काएको आरोप उनिमाथि लगाइएको छ। तर त्यसविरुद्ध कसैले पनि प्रहरी वा अदालतमा मुद्दा तथा उजुरी दर्ता गरेका छैनन्।