काठमाडौं। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू र आफ्नो परिवारका लागि थप सुरक्षा माग गरेका छन्। राणाका छोरा सचिन्द्र शमशेर जबरामार्फत उनले आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिएका हुन्।
देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गर्दै राणाले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा सम्पादन गरेका न्यायिक निर्णयका कारण आफूलाई थप असुरक्षा महसुस भएको निवेदनमा उल्लेख गरेका छन्।
‘मेरो विगतमा राज्यका अंगहरुमा वहन गरेका जिम्मेवारी, राज्यको न्याय पालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णय लगायतको कारण पनि म माथी थप असुरक्षाको महसुस भएको छ’ उनले भनाक छन् ‘मैले कतिपय कुराहरु हालका मितिमा यस कार्यालयमा आइसके पश्चात पनि जानकारी पाएँ । यस कारण मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु।’
यसअघि शनिबार राति जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई आइतबार दिउँसोमात्रै प्रहरीले घरमा पुर्याइदिएको थियो। प्रहरीले जबरालाई सुरक्षा खतरा भएको भन्दै थप सुरक्षाका लागि प्रहरी कार्यालयमा लगिएको दाबी गरेको छ। तर जबरा अनि प्रहरी र सरकारले समेत उनलाई किन नियन्त्रणमा लिइयो भन्ने कुरा सार्वजनिक गरेका छैनन्।
यसबीचमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको विषय संसदमा समेत प्रवेश गरेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्ष दलका सांसदहरूले चोलेन्द्रलाई नियन्त्रणमा लिइएको विषयमा गम्भिर आपत्ति जनाउँदै त्यसबारे सरकारसँग जवाफ मागेका थिए।
प्रतिनिधिसभामा नेकपा एमालेका सांसद ऐन महरले जबरालाई पक्राउ गर्ने क्रममा सरकारले ‘गुण्डागर्दी’ र ‘अपहरण शैली’ अपनाएको आरोप लगाए।
‘कानुनभन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन। यदि कसैले कानुन हातमा लिने काम गरेको छ भने जोसुकैलाई पनि अभियोग लगाएर तथ्य र प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनुपर्छ,’ उनले भने।
जबरालाई ‘जेनजी’बाट सुरक्षा खतरा रहेको भनिएको विषयप्रति पनि महरले प्रश्न उठाए। ‘जो थ्रेट दिने मान्छे हुन्, तिनलाई सुरक्षा दिने र जसलाई थ्रेट दिइएको छ, उसलाई ल्याएर पक्राउ गर्नेरु’ उनले प्रश्न गरे ।
त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारको कार्यशैलीलाई दादागिरी र पागलपनको संज्ञा दिए।
‘बिना पक्राउ पुर्जी, बिना कारण मध्यरातमा पक्राउ गर्ने अनि १२ घण्टा नबित्दै छोड्ने रु यो कुन प्रकारको कानुनी राज्य होरु मध्यरातमा जोस र दिउँसो होस हराउने सरकारको कार्यशैलीले जनतालाई निराश बनाएको छ।’
त्यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले समेत जबरालाई नियन्त्रणमा लिएको प्रति आपत्ति जनाउँदै सकराको नियतमाथि प्रश्न उठाएका थिए।
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए
मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो