नेपाली काँग्रेस १५ औं महाधिवेशनका लागि प्रतिनिधि चुनिए गगन र विश्व


सेतोखरी सेतोखरी   ४४ मिनेट अगाडि
नेपाली काँग्रेस १५ औं महाधिवेशनका लागि प्रतिनिधि चुनिए गगन र विश्व

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा महाधिवेशन प्रतिनिधि चुनिएका छन्। १५ औं महाधिवेशनका लागि प्रतिनिधि चुन्न भएका क्षेत्रीय अधिवेशनहरूबाट उनिहरू चुनिएर आएका हुन्। 

काठमाडौं क्षेत्र नं ४ बाट सदस्य रहेका सभापति थापा सर्वसम्मत चयन भएका हुन् भने शर्मा चुनावबाट निर्वाचित भए।

उनको क्षेत्र झापा- १ हो। ७१० जना क्षेत्रीय प्रतिनिधि रहेको उक्त क्षेत्रबाट चुनाव लडेर उपसभापति शर्माले ६३८ मत ल्याए।

यसअघि केन्द्रीय समितिमा रहेका सबैजना स्वतस् महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था संशोधन गर्दै यसपालिको महाधिवेशनबाट नेपाली काँग्रेसले सबैजना वडा तहदेखि नै चुनिएर आउने नयाँ व्यवस्था कायम गरेको थियो। 

१५ औं महाधिवेशनका लागि अहिले देशैभरि क्षेत्रीय अधिवेशनहरू भइरहेका छन्। यो तहको अधिवेशनबाट चुनिएका प्रतिनिधिहरूले १५ औं महाधिवेशनमा मतदान अधिकारसहित भाग लिन पाउनेछन्। असोज १६ गतेदेखि काठमाडौंमा महाधिवेशन मिति तय गरे पनि बाढी, पहिरोका कारण केही दिन पर सार्ने तयारी काँग्रेसले गरिरहेको छ।