बाँके क्षेत्र नं २ को क्षेत्रीय सभापति चुनिए नरेन्द्रकुमार चौधरी, चारजना प्रदेस सांसद महाधिवेशन प्रतिनिधमा पराजित 


सेतोखरी सेतोखरी   ४९ मिनेट अगाडि
बाँके क्षेत्र नं २ को क्षेत्रीय सभापति चुनिए नरेन्द्रकुमार चौधरी, चारजना प्रदेस सांसद महाधिवेशन प्रतिनिधमा पराजित 

काठमाडौं। नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनबाट बाँके क्षेत्र नं २ को सभापतिमा नरेन्द्रकुमार चौधरी निर्वाचित भएक छन्। हाल उनि डुडुवा गाउँपालिकाका अध्यक्ष पनि हुन्। 

प्रतिद्वन्द्वी वीरेन्द्रबहादुर शाहलाई पराजित गर्दै उनि क्षेत्रीय सभापति भए। सोमबार क्षेत्रीय अधिवेशनका लागि निर्वाचन भएको थियो। रातभरि भएको मतगणना बिहानमात्रै सकिएको थियो। अन्तिम मतपरिणाअनुसार ३४५ मत ल्याएर चौधरी सभापतिमा निर्वाचित भए। त्यस्तै रमेशप्रसाद तिमिल्सिना सचिव र राजकुमार बाल्मिकी सहसचिवमा निर्वाचित भएका छन्। त्यस्तै महिला सहसचिवमा निशा रेग्मी यसअघि नै निर्विरोध भइसकेकी थिइन्। 

अधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न चुनाव लडेका ४ जना प्रदेससभा सदस्यहरू भने पराजित भएका छन्। नेपाली काँग्रेसका तर्फबाट लुम्बिनी प्रदेससभामा समानुपातिक सांसदहरू माया पुन मगर, सुशिला नेपाली वादी, मिना बोहरा सिद्दिकी र निवर्तमान प्रदेश सभा सदस्य याकुव अन्सारी पराजित भएका हुन्। 

दलित कलस्टरबाट चुनाव लडेकी सुशीलाले २३६ मत पाइन् भने उनका प्रतिष्पर्धी मैकुलाल बालमिकीले ३३० मत प्राप्त गरेर प्रतिनिधि भए। त्यस्तै महिला कोटामा लडेकी माया पुन मगरले २१५ मत पाइन्। उनि पनि निर्वाचित हुन सकिनन्। महिला कोटामै लडेकी सिद्दिकीले २२१ मत प्राप्त गरिन्। महिला कोटामा उमा थापा मगर, कल्पना रेग्मी, रेनुसिंह ठकुरी र नारायणी रुपाखेती महाधिवेशन प्रतिनिधि भएका छन्। थापाले सबैभन्दा धेरै ४३६ मत पाइन्। उनि यसअघि नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर पनि थिइन्। 

हालका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट पनि महाधिवेशन प्रतिनिधि भएका छन्।