नेपालगन्ज। नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनबाट बाँके क्षेत्र नं १ को सभापतिमा पूर्णप्रसाद आचार्य निर्विरोध भएका छन्। उनका प्रतिद्वन्द्वी पोषण केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनि सर्वसम्मत भएका हुन्। त्यसका लागि उनले केसीप्रति आभार प्रकट गरेका छन्।
लामो छलफलपछि केसीले आफ्नो उम्देवारी फिर्ता लिँदै आचार्यलाई समर्थन गरेका थिए। आचार्य हाल कोहलपुर नगरपालिकाका मेयर पनि हुन्। यहाँका क्षेत्रीय सभापति यसअघि केसी थिए।
यो सहमतिपछि आचार्यले केसीप्रति धन्यावाद र आभार व्यक्त गर्दै सिङ्गो पार्टी पंत्तिमा ठूलो सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले भनेका छन् ‘सभापति पदका प्रत्यासी उम्मेदवार, नेता पोषण केसीज्यू प्रति म विशेष र आभार प्रकट गर्दछु। वर्तमान अवस्थामा पार्टीको नेतृत्व सर्वसम्मत चयन हुनुपर्छ भन्ने आम कार्यकर्ताको भावना, देश र पार्टीको वर्तमान आवश्यकतालाई गम्भीरतापूर्वक आत्मसात् गर्दै उहाँले आफ्नो क्षेत्रीय सभापति पदको उम्मेदवारी स्थगन गरी म पूर्ण प्रसाद आचार्यलाई समर्थन गर्नुभएको छ। उहाँले देखाउनुभएको यो उच्च राजनीतिक संस्कार, उदाहरणीय त्याग र सहमतिको मार्गका लागि म उहाँप्रति हृदयदेखि नै हार्दिक कृतज्ञता एवं धन्यवाद व्यक्त गर्दछु। उहाँको यो कदमले हाम्रो क्षेत्रमा मात्र नभई सिंगो पार्टी पंक्तिमा एकताको ठूलो सन्देश प्रवाह गरेको छ।’
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू
लुम्बिनीमा विपदका चार दिन : ७८ घटना, ६ जनाको मृत्यु, १२ सय बढी बिस्थापित
बाँके क्षेत्र नं २ को क्षेत्रीय सभापति चुनिए नरेन्द्रकुमार चौधरी, चारजना प्रदेस सांसद महाधिवेशन प्रतिनिधमा पराजित