नेपालगन्ज। पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि त्यसको व्यवस्थापनका लागि नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति अझ ठूलो आकारको बनाउने भएको छ। आकांक्षीहरूको दबावपछि काँग्रेसले बिधान संशोधन गरेर एकजना उपसभापति, सहमहामन्त्री र केही सदस्यहरूको संख्या पनि बढाउने भएको हो।
हाल पार्टीमा एकजना सभापति, २ जना उपसभापति, २ महामन्त्री र ११ जना सहमहामन्त्री रहने व्यवस्था थियो। त्यस्तै कोषाध्य भने सभापतिले मनोनीत गर्ने व्यववस्था छ।
अब ४ जना उपसभापति हुनेछन्। तीमध्य एकजना महिला अनिवार्य हुनुपर्नेछ। चारै जनामध्ये एकजना बरिष्ठ उपसभापतिको हैसियत दिइनेछ।
त्यस्तै सहमहामन्त्रीहरूको संख्या पनि बढाएर १३ जना पुर्याउने तयारी गरिएको छ। हाल व्यवस्था रहेको ११ जना सहमहामन्त्रीमध्ये ८ जना निर्वाचित र ३ जना सभापतिले मनोनीत गर्थे। अब त्यो संख्या १३ पुग्नेछ।
अहिलेको विधानमा २३१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। यो संख्यामा पनि थप गर्ने समझदारी नेताहरूबीच भएको छ। तर कति थपिने भनेर निर्णय भइसकेको छैन।
काँग्रेस नेताहरूका अनुसार सोहीअनुसार व्यवस्थाहरू हेरफेर गर्नका लागि महामन्त्री प्रदीप पौडेल संयोजक रहेको विधान संशोधन मस्यौदा समिति बनाइएको छ। समितिमा जीवन परियार, इश्वरी न्यौपाने, राजीव ढुङ्गाना सदस्य छन् भने प्रताप पौडेल सदस्य सचिव छन्।
यी हुन् नयाँ कलस्टर
१. ३५ वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व
यसपटक कांग्रेसले ३५ वर्षमुनिका युवालाई पार्टीको नेतृत्व संरचनामा सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरेको छ।वडादेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै व्यवस्था गरिएको छ।
२. केन्द्रमा २१ युवा सदस्यकेन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन्। प्रदेशगत र खुला समूहबाट युवालाई केन्द्रीय नेतृत्वमा ल्याउने व्यवस्था गरिएको छ।
३. महिलाका लागि कम्तीमा एकतिहाइ प्रतिनिधित्वकांग्रेसका विभिन्न तहका कार्यसमितिमा महिलाको प्रतिनिधित्व कम्तीमा एकतिहाइ सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । यसले वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउने लक्ष्य राखेको छ ।
४. उपसभापति, सहमहामन्त्री सदस्य संख्या बढ्यो
यसपटक कांग्रेसमा चारजना उपसापति हुनेछन्। त्यस्तै १३ जना सहमहामन्त्री र २३१ केन्द्रीय सदस्यकाे संख्या पनि बढ्नेछ।
५. ‘ल्याटरल इन्ट्री’को व्यवस्था
राजनीतिमा लामो समयदेखि सक्रिय कार्यकर्तामात्र नभई विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पनि पार्टीको मूल नेतृत्वमा ल्याउने बाटो खोलिएको छ। यही व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
६. विदेशस्थित कांग्रेसजनलाई केन्द्रमा प्रतिनिधित्व
नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । यसले विदेशमा रहेका कांग्रेससम्बद्ध नेपालीलाई केन्द्रीय संरचनामा औपचारिक स्थान दिनेछ ।
७. समावेशी प्रतिनिधित्व थप फराकिलो
अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई पनि केन्द्रीय समितिमा सुनिश्चित गर्ने गरी व्यवस्था गरिएको छ । त्यसैगरी श्रमिक र प्रजातन्त्र सेनानी तथा सहिद परिवार र द्धन्द्ध पिडितहरुको पनि प्रतिनिधित्वको सुनिश्चितता गरिएको छ ।
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?
अपहरणकारीलाई प्रहरीले गोली हानेर समात्यो, ३८ घण्टापछि बालिकाको सकुशल उद्धार
खुलामञ्चमा काँग्रेस-कुम्भ
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन