काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सोमबार दोस्रो दिन आज बन्दसत्र, उम्मेदवारी दर्ता तथा खानपान लगायतका कार्यक्रमहरू सुरु हुनेछन्।
अनुसार सोमबार बिहान साढे ७ बजेदेखि नै देखि भृकुटीमण्डपस्थित ठूलो हलमा महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरिएको छ।
त्यसपछि बिहान सवा ९ बजेबाट तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा पार्टी सभापतिको प्रतिवेदन पेस गरिनेछ भने त्यसलगत्तै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइने जनाइएको छ। त्यसअघि महाधिवेशनस्थलमै केन्द्रीय समिति बैठक बोलाइएको छ। उक्त बैठकले सभापतिलगायत विभिन्न पदाधिकारीले बन्दशत्रमा पेश गर्ने प्रतिवेदनहरू पारित गर्नेछ।
विधानमाथिको छलफलपछि दिउँसो साढे ११ बजे प्रतिनिधिको खानाका लागि समय निर्धारण गरिएको छ।
यसैगरी महाधिवेशनमा विभिन्न पदका लागि दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ। इच्छुक उम्मेदवार तथा प्रतिनिधिहरूलाई पार्टीको आधिकारिक सर्कुलर बमोजिम आवश्यक तयारीसहित उपस्थित हुन आग्रह गरिएको छ।कार्यक्रमलाई व्यवस्थित र अनुशासित बनाउन भृकुटीमण्डप कम्पाउन्डभित्र कुनै पनि किसिमका प्रचारप्रसारजन्य पर्चा, पम्प्लेट, पोस्टर, झण्डा तथा ब्यानर लैजान पूर्ण रूपमा रोक लगाइएको छ।
महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि बिहान, दिउँसो र बेलुका तीन पटक खाना–खाजाको व्यवस्थापन गरिए पनि बासस्थानको हकमा प्रतिनिधिहरू स्वयंले व्यवस्था मिलाउनुपर्ने र यसमा आयोजकले संयोजनको भूमिका मात्र निर्वाह गर्ने बताइएको छ।
व्यवस्थापन पक्षले प्रतिनिधिहरूलाई आवश्यक सूचना म्यासेज तथा मेसेन्जरमार्फत पठाइरहेको उल्लेख गर्दै विगतझैँ यस पटकको महाधिवेशन पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।
निर्वाचन समितिले आइतबार जारी सूचना अनुसार निर्वाचनसम्बन्धी प्रक्रिया असोज १९ गतेदेखि सुरु भई २२ गते मतदान हुनेछ। मतदाता नामावली सम्बन्धी प्रक्रिया १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन बेलुका ५ देखि ६ः३० बजेसम्म दाबी विरोध, ६ः३० देखि ७ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
मंगलबार उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध, ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ।
असोज २१ गते उम्मेदवारको नाम फिर्ता लिने वा सच्याउने निवेदन बिहान ९ बजेसम्म दिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ। असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था