नेपालगन्ज। नेपाली काँग्रेसको नयाँ केन्द्रीय समितिका लागि पार्टी सभापति र उपसभापतिसहित सदस्यसम्मैको उम्मेदवारहरूमा लुम्बिनीको वर्चश्व देखिएको छ। मुख्य पदहरूदेखि सदस्यहरूसम्म लुम्बिनीका धेरैले आकांक्षा देखाएका छन्।
उपसभापति र सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी दिनेहरूमा दाङका मात्रै १८ जना छन्।
वर्दियाबाट केन्द्रीय प्रतिनिधि चुनिएका नेता किशोरसिंह राठौरले केन्द्रीय सभापतिमा उम्मेदवारी दिएका छन्। यसअघि देउवा समूहका निकट मानिने राठौर गगनसँग प्रतिष्पर्धा गर्न कस्सिएका हुन्। जिल्लामा आन्तरिक विवादका कारण क्षेत्रीय महाधिवेशन लम्बिदाँ बुधबार मात्रै अन्तिम नतिजा आएको थियो। त्यसमा राठौर निर्वाचित भएर केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका हुन्।
उनले आफ्नो उम्मेदवारी नेपाली काँग्रेसलाई एक बनाउनका लागि भएको दाबी गरेका छन्। यसअघि उनि सहमहामन्त्री थिए।
त्यस्तै दाङका दीपक गिरीले केन्द्रीय उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। उपसभापतिका लागि गुल्मीका डा। चन्द्र भण्डारी, अर्घाखाँचीकी पुष्पा भुसाल र नवलपरासीका अर्बपति विनोद चौधरीले पनि उम्मेदवारी दिएका छन। यीमध्ये भुसाल निर्विरोध भइसकेकी छिन्।
दाङकै योगेन्द्र चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। यसअघि विशेष महाधिवेशनबाट पनि उनि यही पदमा थिए। सहमहामन्त्रीमा कपिलवस्तुका अभिषेकप्रताप शाह तथा नवलपरासीका देवेन्द्रराज कंडेलले उम्मेदवारी दिएका छन्।
त्यस्तै रोल्पाका अमरसिंह पुनले महामन्त्री र मनोजमणि आचार्यले सहमहामन्त्री पदका लागि उम्मेदवारी दिएका छन्। पुन हाल नेपाली काँग्रेस लुम्बिनीका प्रदेश सभापति पनि हुन्।
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग